प्रचण्ड बिरुद्ध ओलीको काउन्टरः बुहारी मन्त्री, छोरी मेयर र भतिजो राजदुत बनाउनु समाजवाद हो ?

प्रचण्ड बिरुद्ध ओलीको काउन्टरः बुहारी मन्त्री, छोरी मेयर र भतिजो राजदुत बनाउनु समाजवाद हो ?

  • शनिबार, मंसिर १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 36.6K
    SHARES

मंसीर १३ काठमाण्डौं । नेकपाको सचिवालयको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ट लामो राजनीतिक प्रतिवेदनमा आफूमाथि लगाईएका गंभीर आरोपहरुको खण्डन गर्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले काउन्टर प्रस्ताव तयार पारेका छन् । आज हुने सचिवालयको बैठकमा ओलीले यो प्रतिवेदन पेश गर्दैछन् ।
यसमा समावादी कार्यक्रम सरकारले ल्याएन भन्ने प्रश्नको जवाफमा ओलीले प्रचण्डमाथि गंभीर परिवारवादको आरोप लगाउदै बुहारीलाई मन्त्री , छोरीलार्ई मेयर र भतिजोलाई राजदुत बनाउने तपाई समाजवादी हो ? भनेर प्रश्न गरेको स्रोतले बतायो ।
प्रचण्डले ओलीको नेतृत्व सरकार र पार्टी दुबै सञ्चालनमा असफल रहेको भन्दै योगदान गर्न भन्ने शब्द राखेर घुमाउरो तरीकाले राजीनामा मागिएको बुझाई ओली पक्षको छ । यसैको खण्डन ओलीले गरेका छन् ।
ओलीले आफूलाई भ्रष्टाचारी प्रमाणित गरे जेल बस्न तयार रहेको तर आरोप प्रमाणित नभए कि त माफी माग्नु पर्ने कित कार्बाही हुनु पर्ने प्रश्न समेत उठाएका छन् ।
मंसीर ३ गतेको बैठकमा जवाफ दिन आफूलाई समय चाहिने भन्दै १० दिन बैठक सारिए पछि लिखित प्रतिवेदन तयार पारेका छन् ।
यसमा न्यायधीशहरुलाई बोलाएर निर्देशन दिएको जस्ता बिषयमा ओलीले गंभीर आपत्ति जनाएका छन् ।
यसको गंभीर खण्डन र चुनौती पेश गर्दा गर्दै पनि पार्टी एकता जोगाउनु पर्ने पक्षमा भने ओली रहेको उनी निकट नेताहरुले बताएका छन् । पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा अल्पमतमा रहेका कारण ओलीले बैठक बस्न नमानेको आरोप लाग्ने गरेको थियो ।

सचिवालयमा बहुमत पुर्याउने कसरत पनि ओलीले जारी राखेका छन् । त्यसका लागि पूर्व माओवादी समुहका राम बहादुर थापालाई आफ्नो पक्षमा पारेको बुझाई रहँदै आएको छ । त्यसै गरी माधव कुमार नेपाल र वामदेव गौतमलाई फकाउने अलग अलग प्रयास पनि जारी छ ।
बैठक बस्नु एक दिन अघि पनि माधव नेपाललाई भेट्न स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पुगेका थिए भने वामदेव गौतमलाई भेट्न ईश्वर पोखरेल पुगेका थिए । सचिवालयको बैठक दिउसो १ बजे बस्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ