भारतीय विदेश सचिव श्रृंगलाको राजनीतिक भेट, सीमा समस्या वार्ताबाट समाधान गर्न ओलीको सन्देश

भारतीय विदेश सचिव श्रृंगलाको राजनीतिक भेट, सीमा समस्या वार्ताबाट समाधान गर्न ओलीको सन्देश

  • बिहिबार, मंसिर ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

११ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेटवार्ता गरेका छन् ।

नेपालले भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलामार्फत ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा वार्ता र सम्वादमार्फत सीमा विवाद छिटो टुंग्याउन चाहेको सन्देश भारतलाई दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेकी थिईन् ।
राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आएका श्रृङ्गलालाई निवास शीतल निवासमा भेट दिँदै उक्त आग्रह गरेकी हुन्।

यस्तै प्रधानमन्त्री ओलीले सीमा विवाद अहिले उब्जेको नभएर इतिहासले विरासतका रूपमा ल्याइपु¥याएको भन्दै समाधानमा जोड दिएका छन् ।

दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले बिहीबार काठमाडौं आएलगत्तै नेपाली समकक्षी भरतराज पौड्यालसँग द्वीपक्षीय वार्ता गरेका थिए । त्यसलगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरे ।

विदेश सचिव श्रृंगलासँग भएको भेटमा नेपाली पक्षले सीमा विवादबारे आफ्नो प्रष्ट अडान राखेको छ ।

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्नुका साथै त्यसअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन गरेको छ । ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा यो भूमि आफ्नो भएको नेपालको मत छ ।

भारतीय विदेश सचिवसँग भएको औपचारिक वार्ता र शिष्टचार भेटहरुमा नेपाली पक्षले ऐतिहासिक दस्ताबेज र प्रमाणहरुका आधारमा सीमा विवाद छिटो हल गर्नुपर्ने मत राखेको छ ।

विदेश सचिव श्रृंगलासँग सबै विषयमा खुलस्त कुराकानी भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले अनलाइखबरलाई बताए । ‘हामीले दुईपक्षीय सहकार्यका विविध क्षेत्रमा भएका प्रगति र समस्याहरुबारे वृहत छलफल गर्‍यौं’ उनले भने, ‘सीमा विवाद, प्रवूद्ध समूहको प्रतिवेदन लगायतका दुई देशका बीचमा रहेका आउटस्ट्याडिङ विषयहरुमा पनि खुलेर छलफल भयो ।’

‘इतिहासले अधुरा छोडेका मुद्धाहरुलाई छिटो टुंग्याएर एउटा विश्वासको जग बनाएर अगाडि बढ्नुपर्छ भन्नेमा मैले जोड दिएको छु’ मन्त्री ज्ञवालीले भनेका छन् ।

नेपालले सार्वभौम समानता, पारस्परिक लाभ, अहस्तक्षेप र आपसी विश्वासका आधारमा सम्बन्धलाई सुदृढ गराउन चाहेको प्रष्ट सन्देश दिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सीमा लगायतका दुईपक्षीय विषयहरु वार्ताको माध्यमबाटै समाधान गर्न सकिने धारणा व्यक्त गरेका थिए । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको टेलिफोन सम्वादमा पनि आफूले यही विषय राखेको स्मरण गरेको स्रोतले बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको शिष्टाचार भेटमा पनि देशको विवादित विषयबारे कुराकानी भएको थियो । स्रोतका अनुसार छलफलको शुरुवातमै राष्ट्रपति भण्डारीले भारतीय विदेश सचिवलाई परराष्ट्र सचिव, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई भेट्नुभयो, केके कुराकानी भयो सुनाउनुहोस् भनी आग्रह गरेकी थिइन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेक नीतिको महत्वपूर्ण साझेदार नेपाल भएको तथा साझा सभ्यतामा उभिएका नेपाल र भारतबीचका समस्या चरणबद्ध छलफलमार्फत समाधान गर्न तयार रहेको सन्देश पठाएका छन् । शृंगलामार्फत आएको सन्देशमा मोदीले नेपालसँगको सम्बन्धलाई भारतले सधैँ उच्च प्राथमिकतामा राख्दै आएको र नेपालसँग मजबुत सम्बन्ध बनाउन चाहेको उल्लेख गरेका छन् ।
विदेशसचिव शृंगलाले मोदीको सन्देश भन्दै यही विषय राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री ज्ञवालीदेखि प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई सुनाएका छन् । सबैसँग शिष्टाचार वार्ताका क्रममा शृंगलाले नेपाली बोलेका थिए । वार्ताहरूमा शृंगलाको भनाइ थियो, ‘प्रधानमन्त्री मोदी नेपालसँग सम्बन्ध मजबुत बनाउन चाहनुहुन्छ । उहाँको सन्देश लिएर म मित्रताको हात बढाउन आएको छु ।’ अन्य शिष्टाचार वार्तासँगै कांग्रेस सभापति देउवासँग पनि उनले यही सन्देश सुनाएका छन् ।
बिहीबार विशेष विमानबाट काठमाडौं आइपुगेका विदेशसचिव शृंगलाले नेपाली समकक्षी भरतराज पौड्यालसँग बिहीबार नै प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता गरेपछि राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री एवं प्रमुख प्र्रतिपक्षी दलका नेतासँग शिष्टाचार वार्ता गरेका थिए । ती वार्तामा सीमा समस्या वार्ताबाट समाधान गर्नुपर्ने धारणा नेपालका तर्फबाट राखिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ