मंसीर ११ एजेन्सी । विश्वप्रशिद्ध महान फुटवलर डिएगो म्यारोडोनाको निधनमा अर्जेन्टिनाले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । म्यारोडोनाको शबलाई राष्ट्रपति कार्यलयमा ल्याएर राखिएको छ ।
हजारौ समर्थकहरु सडकमा उत्रिएर शोक मनाईरहेका छन् । म्यारोडोनाको निधनमा संसारभरबाट श्रदाञ्जली दिएका छन् ।
म्यारोडोनाको सबै भन्दा फुटबलमा चर्चा सन् १९८२ बाट शुरु भएको थियो । त्यस बेला उनी २१ बर्षको उमेरमै स्टार खेलाडीको रुपमा स्थापित भएका थिए ।
त्यस पछि सन् १९८६ मा उनको कप्तानीमा अर्जेन्टिनाले विश्वप फुटवल जीतेको थियो । म्यारोडोनाले अर्जेन्टिनाको लागि खेल जीवनभरमा ९१ म्याच खेलेका थिए । जसमा उनले ३४ गोल गरेका थिए ।
उनले ड्रग्सको कुलता कारण उनलाई सन् १९९१ मा १५ महिनाको लागि खेलमा प्रतिवन्ध पनि लगाईएको थियो । उनले सन् १९९७ मा आफ्नो ३७ औं जन्म दिनको अवसर पारेर व्यवशायीक फुटवलबाट सन्यास लिएका थिए । उनले बार्सिलोना र नापोली जस्ता प्रशिद्ध क्लबका लागि पनि खेलेका थिए ।
उनी त्यस पछि सन् २००८ मा अर्जेन्टिनाको राष्ट्रिय फुटवल टोलीका कोच बनाईएका थिए । तर सन् २०१० को विश्वकपको क्वाटर फाईनलमा जर्मनीसगँ पराजीत भए पछि उनले यो पद छाडेका थिए । म्यारोडोना सधैँ १० नं जर्सी लगाउने गर्दथे । उनलाई ब्राजिलीयन महान् फुटवलर पेलेसगँ जोडीको रुपमा चर्चा गर्ने गरिन्छ ।
उनी मेक्सीको र युएईको टिमको ईन्चार्ज समेत भएका थिए । म्यारोडोनाको निधन पछि संसारभरबाट श्रदाञ्जली आउने क्रम जारी रहेको छ । महान फुटवलर पेलेले आफूले प्रिय र महान साथी गुमाएको प्रतिकृया दिएका छन् । पेलेले भावुक समवेदना पोख्दै भनेका छन्, प्रिय मित्र हामी स्वर्गमा पनि सँगै फुटवल खेल्ने छौँ ।