मंसीर ११ काठमाण्डौं । नेपाल र भारतबीच लामो समय कालापानी, लिपुलेक, लिम्पियाधुराका कारण बढेको तनाव पछि सम्बन्ध सुधारको प्रयासमा भारतीय विदेश सचिव हर्षबर्धन श्रुगंला नेपाल आएका छन् । उनी ११ बजे पछि काठमाण्डौ पुगेका हुन् ।
आज होटल याक एण्ड यतिमा हुने द्धिपक्षीय सचिव स्तरीय संयन्त्रको बैठकमा उनी सहभागी हुनेछन् । त्यस बैठकमा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्धा उठाउने तयारी गरेको छ ।
यो भेट पछि श्रृगलाले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीसगँ भेटवार्ता गर्ने छन् भने परराष्ट्र सचिव भरतराज पौड्यालसगँ पनि छलफल हुने परराष्ट्र स्रोतले जनाएको छ ।
यस अघि कार्तिक १९ गतेदेखि भारतीय सेना अध्यक्ष मनोज मुकुन्द नरवणेले भ्रमण गरेका थिए । त्यस अघि भारतीय जासुसी संस्था रअका प्रमुख सामन्त गोयलले प्रधानमन्त्री ओलीसगँ एक्लै भेटवार्ता गरेका थिए ।
सन् २०१९ मा भारतले कास्मीर बिलय गराउदा नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुराको नक्सा पनि सामेल गरेको, नेपालले बिरोध जनाउन थालिरहेकै बेला गत बैशाखमा रक्षा मन्त्री राजनाथ सिंहले नेपालको लिपुलेकमा बाटो उद्घाटन गरे पछि विवाद थप बढेको थियो ।
नेपालको बिरोधका बीच भारतले बाटो निर्माण कार्य रोकेको छैन ।
संवादका लागि नेपालले पटक पटक गरेको प्रयास सफल हुन सकेको थिएन । पछिल्ला भारतीय पक्षबाट भएका भ्रमणले दुई देशबीच सम्बन्ध सुधारमा सहयोग पुग्ने विस्वास कुटनीतिज्ञहरुले बताएका छन् । विदेश सचिव हर्षबद्र्धनले श्रींगला विदेश नीतिसम्बन्धी थिंक ट्यांक एसियन इन्स्चिट्युड अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफयर्स (एआइडिआइए) ले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन्।
शुक्रबार हुने उक्त कार्यक्रममा नेपाल९भारत दुईपक्षीय सहयोगका मुद्दाहरूबारे उनले भनाइ राख्ने एआइडिआइएले जनाएको छ। उनी शुक्रबार बिहान साढे १० देखि साढे ११ बजेसम्म उक्त कार्यक्रममा सहभागी हुनेछन्। उनी भोलि नै भारत फिर्ता हुनेछन् ।
यस भ्रमणमा नेपालले सीमा मुद्धाका बारेमा चर्चा गर्नु पर्ने सुझाव बुद्धीजीवीहरुले दिदै आएका छन् ।