विरगंज , १० मंसीर। नेपाल कम्युनिस्ट पार्टी का वरिष्ठ नेता तथा पूर्वप्रधानमंत्री माधवकुमार नेपालले नेकपाको विवाद बैठकबाट अन्त्य हुने बताएका छन्। नेकपा निकट नेपाल निजामति कर्मचारी संगठन पर्साको भवन उद्घाटन कार्यक्रममा बुधबार नेता नेपालले बैठकबाटै सबै समस्याको समाधान बताए।
नेता नेपाल देश विकासमा कर्मचारीहरुको मुख्य जिम्मेवारी रहेकाले काम गर्न अवसर पाएको समयमा बोलेरो होइन, गरेर देखाउन आग्रह गरे। उनले बिगतको समयजस्तो अहिलेको समय नरहेकोले कसैको दबाब र प्रभावमा नपरी काम गर्नसमेत आग्रह गरे।
नेपाले आफ्नो कर्मचारीले आफ्नो काम इमानदारीपूर्वक गर्न थाले विकासका कामले गति लिन बताए। उनले कर्मचारीहरु कुनै पनि लोभ-लालचमा नपरेर निर्धक्क काम गर्दै देश विकासमा सयोग गर्नु आजको आवश्यकता रहेको औँल्याए।


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline