मंसीर १० काठमाण्डौं । सरकारले सहसचिव योगेन्द्र कुमार कार्की, गोकर्णमणि दवाडी र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई कषि तर्फ, दवाडीलाई प्रशासन तर्फ र आचार्यलाई ईन्जिनियरिगं तर्फबाट बढुवा गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचन कोरोना महामारीका कारण पुनः अनिश्चित कालका लागि स्थगित गर्ने पनि निर्णय गरेको छ ।
यस अघि मंसीर २८ का लागि यो निर्वाचन तय भएको थियो ।
स्रोतका अनुसार सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न पनि भूमि व्यवस्था मन्त्रालयको प्रस्तावलाई बैठकले स्वीकृति दिएको छ । यस निर्णय अनुसार मन्त्रालयले सगरमाथाको उचाई छिट्टै सार्वजनिक गर्ने जनाईएको छ ।
हाल ८ हजार ८४८ मिटर रहेको सगरमाथाको नयाँ उचाई अब सरकारले सार्वजनिक गर्ने छ । यस अघि चीनले पनि सगरमाथाको उचाई मापन गरेको थियो ।