मंसीर ८ बर्दिवास । महोत्तरीमा एक ६ बर्षे बालिकाको अपहरण र बलात्कार पछि हत्या गरिएको बिरोधमा चर्किएको प्रदर्शनमा प्रहरीको गोली लागी मृत्यु भएका बुद्धिराज न्यौपाने सञ्जयको मृत्यु भए पछि थप प्रदर्शन हुने त्रासमा प्रशासनले कफ्र्यु लगाएको छ । कफ्र्यु आज बिहान ९ बजे देखि भोली बिहान ६ बजे सम्मका लागि लगाईएको जिल्ला प्रशासन कार्यलयका प्रमुख कृष्ण बहादुर कटवालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
६ वर्षीया बालिका गुलाब शाहको हत्या बिरोधमा हिजो आन्दोलन चर्किनुका साथै आरोपितको घरमा प्रदर्शनकारीले आगो लगाएका थिए ।
मंगलबारको प्रदर्शनमा प्रहरीले हानेको गोली तिघ्रामा लागेर घाइते भएका बर्दिबास नगरपालिका–१ का ४२ वर्षीय बुद्धिराज न्यौपानेको उपचारको क्रममा काठमाडौ स्थित ग्रान्डि अस्पतालमा मृत्यु भएको थियो ।
गत सोमबार चकलेट किन्न गएको समयमा बालिकाको हत्या गरिएको थियो । हत्या अभियोगमा गौशाला नगरपालिका–५ का अरुणकुमार साहलाई प्रहरीले पक्रेको छ । यसैबीच, बर्दिवासमा सर्बपक्षीय बैठकले मृतक सञ्जयलाई शहीद घोषणा गर्न माग गरेको छ । आज बसेको बैठकले उनलाई शहीद घोषणा गर्न र क्षतिपुर्ति दिन एवं बालिका बलात्कार र हत्या गर्नेलाई हदै सम्मको सजाय दिन माग गरिएको छ ।
बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षिय बैठकले न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, आन्दोलनका घाइतेलाई उपचार र राहत दिनुपर्नेलगायत माग राखेका छन्।
साथै सरकारले तोकेको निषेधाज्ञा तोडेर जनप्रतिनिधि सहित प्रदर्शनकारीहरु सडकमा निस्किएका छन् । प्रदर्शनमा प्रदेश नम्बर २ का प्रदेशसभा सांसदसमेत रहेकी नेकपा नेतृ शारदा थापाको पनि सहभागिता छ।