भारतमा पुगेर पेन्सन थापेर घर फर्कदै गरेका पाँच जनाको बैतडीमा भएको दुर्घटना परी मृत्यु

भारतमा पुगेर पेन्सन थापेर घर फर्कदै गरेका पाँच जनाको बैतडीमा भएको दुर्घटना परी मृत्यु

  • मङ्लबार, मंसिर ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES
file photo

मंसिर ९, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–१० बुड्डामा आज जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दिउँसो साढे १ बजे ना १ ज २१९६ नम्बरको जीप सडकबाट खसेर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको र अन्य ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा परि बैतडीको दशरथचन्द नगरपालिका–५ बस्कोटकी पार्वती चन्द , पाटन नगरपालिका–५ की पार्वतीदेवी चन्द , पाटन नगरपालिका–५का भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका–२ देहिमाडौंका कृष्ण लावड र सुनर्या गाउँपालिका–४ की कलावती चन्दको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । मृतक र घाइतेहरु सबै भारतीय बजार झुलाघाटबाट पेन्सन बुझेर फर्कदै गरेकाहरु रहेको प्रहरीले बताएको छ ।

मृतक कृष्ण लावड ५८ वर्षका छन् भने अन्य सबै ७० वर्षमाथिका रहेका प्रहरी डीएसपी अधिकारीले बताए । घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जीपमा सवार २ जना भने सकुसल रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ