रक्सी खाइ कुटपिट गरि हत्या गरेकोे आरोपमा रौतहटमा २ जना पक्राउ

रक्सी खाइ कुटपिट गरि हत्या गरेकोे आरोपमा रौतहटमा २ जना पक्राउ

  • मङ्लबार, मंसिर ९, २०७७
  • सन्जय सहनी

  • 9.2K
    SHARES

मंसिर ९ । रौतहटको बृन्दावनमा एक छिमेकीलाई कुटपिट गर्दा ज्यान गएको छ । बृन्दावन नगरपालिकाको सखुवा धमौराका बर्ष १९ का विकास पासवानले रक्सि सेवन गरि सोही स्थानका छिमेकी ५० बर्षिय अमिरि पासवानलाई गाली गर्दै कुटपिट गर्ने क्रममा धकेल्दा अमिरि पासवानको लडेर टाउकोमा चोट लागेको थियो । घाइते भएका अमिरि पासवान उपचारको क्रममा रौतहटको गरुडा स्थित सिटि अस्पतालमा सोमबार मृत्यु भएको हो । कुटपिट गरि हत्या गरेकोे आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेकोे छ ।
पक्राउ पर्नेमा वृन्दावन नगरपालिका सखुवा धमौरा बस्ने १९ वर्षिय विकास पासवान र ५५ वर्षिय बिन्द पासवान रहेका छन । घटनास्थलमा तत्काल ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्षाहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकोे हो । मृतक अमिरिको शव पोष्टमार्टमका लागी गौर पठाईएको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ