काठमाडौँ, ८ मंसिर । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थप ३ हजार ४३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।
त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २८८ रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline