मंसीर ८ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंंहले प्रधानमन्त्री ओलीले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेको कुरासाग सत्ता राजनीतिको कुनै अर्थ नरहेको बताएका छन् । जनताले अहिले कांग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफुहरु विपक्षीकै भूमिकामा रहने उनले बताए । नेकपा भित्रको किचलोमा कांग्रेसको कुनै सरोकार नरहने भन्दै कांग्रेसलाई जोडेर अनावश्यक हल्ला नचलाउन र हल्लाको पछि नलाग्न समेत सिंहले आग्रह गरे ।
सोमबार सत्य साई बाबाको ९५ओै अवतरण दिवसको अवसमा शंखमूलमा आयोजित सत्य साई बाबा पार्कको उदघाटन गर्दै नेता सिंहले झन्डै दुईतिहाई महुमत पाएको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए । महनिौंदेखि आन्तरिक कलह र कुर्सीको खेलमा लागेकाले महामारकिा बेलामा सरकार जनताको समस्यासँग बेखबर रहेको उनको भनाई थियो ।
सरकारले गर्नु पर्ने काम केही नगरि संघियताको मर्म र भावना बिपरित काम गरिरहेको पनि उनले बताए । सत्ताको आडमा आजिवन जन्ताको जनमत पाए जसरि पुराना तथा ईतिहास बोकेका पार्कहरुको नाम परिबर्तन गरि कब्जाको शैलिमा आफ्नो दलका नेता हरु को नामाकरण गर्न थालेको प्रति कडा टिप्पणी गर्दै ईतिहास मेटाउने काम नगर्न चेतावनी पनि दिए ।
ठाउँमा ठाउँमा बनेका पार्क हरु ब्यवस्थापन गर्ने राखनु पर्नेनेताका नाउँमा अनेत्त्र पार्क बनाउन सकिने कुरालाई ख्याल नगरि पुराना ईतिहास बनाएका पार्कहरु अतिक्रम गरे यो राम्रो नहुने भन्दै सत्ता ढलेपछिको परिस्थितीतमा के हुन्छ हेक्का राख्न समेत चेतावनी दिए । आफुहरु सबै को ईतिहास र उपस्थिति लाई सम्मान गर्नु पर्छ भन्ने मान्यता मा रहेकाले यसको ख्यालल नगरि सताको अहमता नदेखाउन जिम्मेवार दलको रुप मा प्रस्तुत हुन समेत आग्रह गरेका छन् ।
कार्यक्रममा प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ लगायतका सहभागी भएका थिए ।