बलात्कार तथा यौनहिंसाका घटना मिलापत्र गराउनेलाई ३ वर्षसम्म कैद तथा ३० हजार जरिवाना

बलात्कार तथा यौनहिंसाका घटना मिलापत्र गराउनेलाई ३ वर्षसम्म कैद तथा ३० हजार जरिवाना

  • आइतवार, मंसिर ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 23K
    SHARES

काठमाडौँ , ७ मंसिर ।
सरकारले बलात्कारका घटना गाउघरमै मिलापत्र गराउने जो कोहीलाइ कडा कारबाही हुने गरी अध्यादेश ल्याएको छ । अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद , ३० हजार सम्म जरिवाना वा दुवै हुने व्यवस्था रहेको छ ।

अध्यादेशमा सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो मिलापत्र गराएमा थप ६ महिना कैद सजाय हुने व्यवस्था रहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङफेले बताइन् ।

अध्यादेशमा १० वर्ष मुनि र ७० वर्षमाथिका व्यक्तिलाई बलात्कार भएमा जन्मकैद हुने व्यवस्थालाई यथावत नै राखिएको छ । यसअघि कसुरदार ज्येष्ठ नागरिक भएमा क‌ैद मिनाहा गर्ने कानुनी व्यवस्थामा परिवर्तन गरेर अबदेखि बलात्कार मुद्दामा कैद मिनाहा नहुने व्यवस्था राखिएको मन्त्री तुम्बाहाङफेले जानकारी दिइन् ।

यसअघि ुमहिला तथा बालिकाु माथि बलात्कार भन्ने शब्द कानुनमा रहेकोमा अबदेखि ुव्यक्तिु भन्ने शब्द रादिएको छ र । पुरुषमाथि पनि बलात्कार हुने भएकोले ुव्यक्तिु भन्ने शब्द राखिएको उनले बताइन् ।

यसअघि १४ देखि १६ वर्षसम्मको बालिका बलात्कार गर्नेलाई १२ देखि १४ वर्षसम्म कैदको व्यवस्था रहकोमा अध्यादेशमा उमेर परिवर्तन गरेर १२ देखि १६ वर्ष कैद गर्ने व्यवस्था छ । १६ देखि १६ वर्षको व्यक्तिलाई बलात्कार गरेमा १० देखि १२ वर्ष कैदको व्यवस्था परिवर्तन गरेर १० देखि १४ वर्ष कैद सजाय गर्ने अध्यादेशमा उल्लेख छ ।

१८ वर्षभन्दा माथिकालाई बलात्कार गरेमा ७ देखि १० वर्ष कैदको व्यवस्था परिवर्तन गरेर अध्यादेशमा १० देखि १२ वर्ष कैद गर्ने व्यवस्था राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ