मंसीर ७ काठमाण्डौं । आफ्नो पार्टी भित्र चरम अन्तरविरोध बढेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेर बहादुर देउवासगँ तीन घण्टा लामो छलफल गरेका छन् ।
हिजो भएको भेटमा काँग्रेसको तर्फबाट देउवा, रमेश लेखक र गोपालमान श्रेष्ठ थिए भने बालुवाटारको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सहभागी रहेको बताईएको छ ।
भारतीय राजदुत विनय क्वात्रासगँ निजी निवास बुढानिलकण्ठमा भेटघाट गरेको भोलिपल्ट देउवा पार्टीका अन्य नेता सहित बालुवाटार पुगेर लामो कुराकानी गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
संवैधानिक निकायहरुमा रिक्त रहेको पदमा नियुक्ति गर्ने बिषयमा छलफल भएको. भनिए पनि नेकपा भित्रको विवादले यदी पार्टी विभाजन भएमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा परामर्श भएको हुन सक्ने बिष्लेषकहरुले अनुमान गरेका छन् । नेकपा भित्र अध्यक्ष प्रचण्डले ल्याएको प्रतिवेदन पछि रुष्ट बनेका ओलीले त्यो प्रतिवेदन फिर्ता नहुने भए पछि आफूले पनि प्रतिवेदन लेख्ने बताएका छन् । मंसीर १३ मा सचिवालयको अर्को बैठक बस्दै छ ।