व्यावसायीसँगको बैठक परिसरबाटबाट गिरफ्तार गरिएको भन्दै दर्नाल र नेपालीलाई रिहा गर्न प्रकाण्डको माग(बिज्ञप्तिसहित)

व्यावसायीसँगको बैठक परिसरबाटबाट गिरफ्तार गरिएको भन्दै दर्नाल र नेपालीलाई रिहा गर्न प्रकाण्डको माग(बिज्ञप्तिसहित)

  • शनिबार, मंसिर ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

कठमाडौं, ६ मंसिर ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय अर्थ विभागका अध्यक्ष तथा पार्टी ब्युरो सदस्य प्रेम दर्नाल ‘विकल्प’ र अर्थ विभाग सदस्य सञ्जीव नेपाली ‘सुवर्ण’लाई तत्काल रिहा गर्न माग गरेको छ ।
पार्टी प्रवक्ता प्रकाण्डले बिज्ञप्ति जारी गरि दर्नाल र नेपालीलाई प्रहरीले अनाहकमा गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गर्नुभएको हो ।
प्रकाण्डले अर्थ विभागको कामका क्रममा काठमाडौँ उपत्यकाको नक्खु इलाकामा व्यवसायीहरूसँगको बैठक परिसरबाट शुक्रवार दिउँसो आपराधिक र अपहरणकारी शैलीमा गिरफ्तार गरीे दिनभरि बेपत्ता पारेको बिज्ञप्तिमा उल्ल्ेख गर्नुभएको छ ।
गिरफ्तारीको पार्टीले कडा निन्दा र भत्र्सना समेत गरेको छ । साथै उनीहरुलाई बिनासर्त तुरुन्त रिहा नगरेमा त्यसबाट उत्पन्न हुने गम्भीर परिस्थितिको जिम्मेवार स्वयम सरकार हुने चेतावनी समेत विज्ञप्तिमा दिईएको छ ।
पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील अर्थ विभागका दर्नाल र नेपालीलाई जबर्जस्ती चन्दा असुली र धम्कीको मिथ्या अभियोग लगाएर उनीहरुको राजनीतिक स्वतन्त्रता र मानवअधिकारको वली सरकारले घोर उल्लङ्घन गरेको पनि प्रकाण्डले बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ