ओली पक्षका कार्यकर्ताद्धारा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा  आक्रमण प्रयास !(भिडियो सहित )

ओली पक्षका कार्यकर्ताद्धारा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा  आक्रमण प्रयास !(भिडियो सहित )

  • शनिबार, मंसिर ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.9K
    SHARES

मंसीर ६ चितवन । नेकपा भित्र बढ्दो तनावका बीच चितवनमा ओली पक्षका कार्यकर्ताले पूर्व मन्त्री एवं स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि आक्रमण प्रयास गरेका छन् ।  उनकै गृहनगरमा भएको कार्यक्रममा बोल्दा बोल्दै ओली पक्षका एक हुल कार्यकर्ताले पाण्डे बिरुद्ध नाराबाजी गर्दै पाण्डेलाई दुरव्यवहार गरेका थिए । उनीहरुले पाण्डेलाई ओली बिरुद्ध आक्षेप लगाउदै नाराबाजी गरेका थिए ।

पाण्डे माधव नेपाल पक्षीय नेता हुन् । अहिले माधव नेपाल र प्रचण्ड पक्ष मिलेर ओली पक्षलाई अल्पमतमा पारेर अप्ठ्यारो पारेको भन्दै ओली पक्ष रुष्ट बनिरहेका बेला यो घटना भएको हो ।

राप्ती नगरपालिकाको विरेन्द्रनगरमा गरिएको अगुवा कार्यकर्ता भेलामा पुगेका पाण्डेलाई ओली समर्थित कार्यकर्ताले पार्टी एकताबिरोधी भन्दै आक्रमण प्रयास गरेका थिए ।

साविक युवा संघ चितवनका नेताहरु केदार आचार्य र तार्केश्वरनाथ सिंह तथा अनेरास्ववियु चितवनका कार्यकर्ताहरु सुरज थपलिया र प्रकाश कालाखेती लगायतकाले नाराबाजी गरेको बताईएको छ ।

नगर कमिटीको आधिकारिक भेलामा अन्य ठाउँका कार्यकर्ताहरू आएर बिथोल्ने प्रयास गरेको बताईएको छ ।  पाण्डे चितवन जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्।
यसैबीच सो घटनाको नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले आपत्ति जनाएका छन् । नेपालले आज एक विज्ञप्ति जारी गरी पाण्डेले मन्तव्य दिईरहेका बेला अनाधिकृत रुपमा प्रवेश गरेका केही व्यक्तिहरुले सुनियोजित रुपमा अभद्र व्यवहार र नाराबाजी गरेको भन्दै आपत्ति जनाए ।  उक्त कार्य गर्ने या गराउने जो सुकै भए पनि कडा कार्बाही गर्न नेता नेपालले ध्यानाकर्षण गराएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी