राष्ट्रपति सिको भ्रमण पछि पहिलो पटक चीनीया रक्षा मन्त्री नेपाल आउदै

राष्ट्रपति सिको भ्रमण पछि पहिलो पटक चीनीया रक्षा मन्त्री नेपाल आउदै

  • शनिबार, मंसिर ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 19K
    SHARES

मंसीर ६ काठमाण्डौं । अक्टोबर २० र २१ मा चीनीया राष्ट्रपति सि जिन पिगंले नेपाल भ्रमण गरेको एक बर्ष पछि पहिलो पटक उच्च स्तरीय चीनीया अधिकारी नेपाल आउन लागेका छन् ।
चीन र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भएको अवसर पारेर चीनीया रक्षा मन्त्री एवं जनमुक्ति सेनाका रकेट फोर्सका कमाण्डर वेई फेङ्हे मंसीर १४ गते नेपाल आउन लागेका हुन् ।
दुबै देशका अधिकारीहरुले औपचारीक रुपमा कुनै पनि जानकारी सार्वजनिक गरेका छैनन् ।
तर पनि सुरक्षा व्यवस्था कडा पार्ने सहित भ्रमणको तयारीमा सरकारी संयन्त्र परिचालित भएको बुझिएको छ ।
भारतसगँ कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितका मुद्धामा सम्बन्ध चिसिएको पृष्टभूमिमा भारतीय से िर रअ प्रमुखले नेपाल भ्रमण सकेर फर्किए पछि नेपालले चीनीया अधिकारीलाई स्वागत गर्न लागेको हो ।
चीनीया रक्षा मन्त्री नेपाल आउनु दुई दिन अघि भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृगला नेपाल आउने छन् । उनी फर्किएको भोलीपल्ट चीनीया पाहुनालाई नेपालले उच्च स्तरीय स्वागत गर्नेछ ।
यस भ्रमणमा मंसीर १४ मै चीनीया रक्षा मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षा मन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्ण चन्द्र थापासगँ भेटवार्ता गर्ने तय भएको छ ।
साथै रक्षा मन्त्री वेईले चीन नेपाल दौत्य सम्बन्ध स्थापना भएको बर्षगाँठका अवसरमा हुने कार्यक्रममा समेत सहभागीता जनाउने स्रोतले जनाएको छ ।
यस भ्रमणमा चीनीया राष्ट्रपतिको भ्रमणका बेला भएका द्धिपक्षीय समझदारी कार्यन्व्यन एवं रणनीतिक सम्बन्ध र सैन्य सम्बन्धका थप आयामहरुमा समेत चर्चा हुने बताईएको छ ।
नेकपा विभाजन उन्मुख रहेका बेला एकतामा जोड दिईरहेको चीनले वरिष्ठ अधिकारीलाई नेपाल पठाउनुलाई महत्वका साथ हेरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी