मंसीर ५ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित निको हुने दर बढेको छ । आज पनि देशभर थपिएका संक्रमित भन्दा झण्डै ३ गुणा बढी संक्रमित डिस्चार्ज भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज कुल १९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो सगैँ कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।
यस्तै आज ५ हजार ३६४ जना कोरोनामुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । यो सगैँ हाल सम्म एक लाख ९१ हजार २ जना कोरोनामुक्त भएका छन् ।
यसै गरी कोरोनाबाट आज देशभर २२ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ ।
अब देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ जना रहेका छन् ।
अब क्वारेन्टीनमा ७५३ जना रहेका छन् । हाल सम्म नेपालमा १६ लाख ४३ हजार ८९९ जनाको पिसिआर परीक्षण भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline