मंसीर ४ काठमाण्डौं । नेकपा एउटै पार्टी भित्र अनेक पार्टी भए जस्तो । एउटै समुह भित्र अनेक समुह रहे जस्तो । देखिदै आएको छ । बोलचाल भेटघाट र निर्णय गर्ने कार्यन्वयन गर्ने भन्दा पनि लान्छाना लगाउने र आफू माथि पर्ने दाउ र रणनीतिमा मात्र व्यस्त देखिन्छन् नेकपाका शीर्ष नेता ।
घरी फुट्ला फुट्ला जस्तो हुने अनि बैठक बसे पछि फेरी जुट्ला जस्तो हुने ।
यस्तै संघर्ष र आरोप प्रत्यारोपका बीच बुधबार बसेको सचिवालयको बैठक १० दिनका लागि स्थगित गरिएको छ । यसलाई घण्टामा विभाजन गर्दा २४० घण्टा हुन आँउछ ।
कार्तिक २८ गते अर्का अध्यक्ष प्रचण्डले सरकार र पार्टी चलाउन असफल भएको भन्दै घुमाउरो भाषामा प्रधानमन्त्रीको राजीनामा मागिनुका साथै विभिन्न आरोप लगाए पछि रुष्ट बनेका ओलीले बैठकै छाड्न खोजेका थिए । उनी बरु पार्टी फुटोस् तर प्रचण्डसगँ मेलमिलाप गर्ने सोँचमा थिएनन् ।
तर बाध्यता कस्तो पर्यो भने न त उनलाई पूर्व एमाले एक हौँ भन्ने अभियानमा माधव कुमार नेपालले साथ दिए, न त बामदेव गौतमले नै । यस्तो स्थितिमा उनी पार्टी भित्रका सबै कमिटि र संसदीय दलमा समेत अल्पमतमा पर्ने स्थिति छ । यो स्थितिमा बैठक सार्ने प्रयास पनि सफल नभए पछि उनी बैठक बसे ।
तर उनले यो शान्तिपूर्णकालको २४० घण्टामा आफूमाथि प्रचण्डले एकल रुपमा ल्याईएको दस्तावेजभित्रका आरोपहरुको खण्डन, प्रचण्ड सहित आफूलाई असहयोग गर्नेहरुलाई लक्षित प्रहार सहित नयाँ प्रतिवेदन पेश गर्ने संकेत दिएका छन् ।
अब उनले कस्तो प्रतिवेदन ल्याउलान त ? त्यो चासोको बिषय छ ।
धेरैको अनुमान उनले सार्वजनिक रुपमा र पार्टी भित्र भन्ने गरेको जस्तैः मेरा बिरुद्ध गुटबन्दी, सरकार असफल पार्ने देशी विदेशी शक्ति र पार्टी भित्रैबाट षड्यन्त्र र चलखेल, पार्टी फुटाउन प्रचण्ड माधवहरुले खोजेको जस्ता बिषयमा प्रहार गर्ने अनुमान ओली ईतरका केही नेताको छ ।
उखान र तुक्कामा माहिर मानिने ओलीले यस्तै आक्रामक शब्दहरुका साथ राजनीतिक प्रतिवेदनको हतियार पेश गर्न सक्ने आंकलन गरिएको छ ।
ओलीको यो अस्त्रले पार्टी भित्र शक्ति सन्तुलन कायम गर्ला या नयाँ द्धन्दको सृजना होला त्यो भने प्रतिक्षाको बिषय छ । उनी प्रचण्डको प्रस्ताव फिर्ता गराउने, बैठक स्थगित गराउने, आफ्नो पक्षमा बहुमत पुर्याउने कसरत असफल भए पछि बैठकमा बसेर आफ्नो प्रतिरक्षा गर्ने गरी मैदानमा उत्रिएका छन् ।