नेकपालाई ज्वरो मात्र आएको हो, कोरोना लागेको होईन त्यसैले पार्टी फुट्दैनः भट्टराई

नेकपालाई ज्वरो मात्र आएको हो, कोरोना लागेको होईन त्यसैले पार्टी फुट्दैनः भट्टराई

  • बुधबार, मंसिर ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

झापा मंसीर ३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वैचारिकरुपमा प्रशिक्षित कार्यकर्ताको बलियो जगमा उभिएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कुनै हालतमा नफुट्ने बताउनुभएको छ ।

आज दिउँसो विर्तामोडस्थित नेकपा जिल्ला पार्टी कार्यालयमा आयोजित प्रेस सङ्गठन नेपालको झापा जिल्ला समितिको शपथग्रहण समारोहमा उहाँले पार्टीमा उत्पन्न विवाद मत्थर भएको जानकारी दिनुभयो ।

‘‘नेकपाको स्वास्थ्य आज बिहानसम्म राम्रो थिएन, १०४ डिग्रीको हनहनी ज्वरो आएको अवस्था थियो, अहिले पार्टीको विवाद समाधान उन्मुख भएको छ”, उहाँले भन्नुभयो, “यो ज्वरो सिजनल फ्लु मात्र हो कोरोना लागेको होइन, मौसम परिवर्तनसँगै देखा पर्छ र आजदेखि मत्थर भइसकेको छ ।”

मन्त्री भट्टराईले पार्टीको एकीकरण र विवादमा विदेशी शक्तिले चलखेल गरेको आरोप अस्वीकार गर्दै आफ्नै बलबुतामा पार्टीभित्र एकता कायम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हजारौँ कार्यकर्ता पङ्क्तिको विश्वास र योगदानबाट एकताबद्ध भएर समाजवादतर्फको फराकिलो मार्गमा पार्टी अघि बढ्छ, इन्डियनले फुटाउँदा फुट्ने र चाइनिजले जोड्दा जोडिने कुरा भ्रामक हो ।”

शीर्ष नेतृत्वको विवाद हुँदा झगडामा पेट्रोल छर्किदै हिँड्ने व्यक्ति पार्टीभित्र देखा परेको उल्लेख गर्दै उहाँले पार्टीमा सङ्कट परेको बेला झगडा बढाउने कार्यकर्ता उच्छृङ्खल र अराजक भएको टिप्पणी गर्नुभयो ।

झापामा मुक्ति पौडेलको संयोजकत्वमा चयन भएको प्रेस सङ्गठनको झापा जिल्ला समितिले आज मन्त्री भट्टराईको उपस्थितिमा सङ्गठनका प्रदेश नं १ का संयोजक राजन केडीबाट शपथ लिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ