मंसीर १८ गते स्थायी समितिको बैठक बोलाउने नेकपाको निर्णय, ओलीले पनि आफ्नो तर्फबाट प्रतिवेदन ल्याउने

मंसीर १८ गते स्थायी समितिको बैठक बोलाउने नेकपाको निर्णय, ओलीले पनि आफ्नो तर्फबाट प्रतिवेदन ल्याउने

  • बुधबार, मंसिर ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

मंसीर ३ काठमाडौँ । लामो रस्साकस्सी र संकटका बीच बसेको नेकपाको सचिवालयको बैठकले स्थायी समितिको बैठक मंसीर १८ गते बोलाउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सचिवालयको बैठक १० दिन पछि १३ गते पुनः बस्ने छ । कात्तिक २८ को सचिवालय बैठकमा बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि छलफल गर्न बुधबारलाई बैठक तय भएको थियो ।

आगामी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो प्रस्ताव पेश गर्ने जानकारी बैठकलाई दिएका थिए । अध्यक्ष ओलीको प्रस्ताव र यसअघि नै सचिवालयमा पेश भएका दस्तावेजहरु समेतलाई लिएर १३ गते बस्ने सचिवालयको बैठकमा छलफल हुने भएको छ ।
यस्तै केन्द्रीय समितिको बैठक मंसीर २५ गते बस्ने छ । यसैबीच, प्रचण्डले एकल रुपमा ओली बिरुद्ध कडा प्रहार गर्दै पेश गरेको १९ पृष्ट लामो राजनीतिक प्रतिवेदन बिरुद्ध आफूले पनि अर्को प्रतिवेदन पेश गर्ने ओलीले तयारी गरेका छन् ।
आफूमाथि गंभीर आरोप सहित घुमाउरो भाषामा राजीनामा मागिएको बुझाई रहेको ओली पक्षले प्रचण्डलाई लक्षित गरी प्रतिवेदन ल्याउने तयारी गरेको हो ।
प्रतिवेदन ल्याउने जानकारी ओलीले आजको सचिवालयको बैठकमा दिएका थिए । राष्ट्रपतिदेखि चीनीया राजदुत सम्मको सक्रियतामा आज संकटका बीच नेकपाको बैठक बसेको हो ।
ओलीले बैठक सार्न र प्रचण्डको प्रस्ताव फिर्ता लिनका लागि अनेक प्रयास गरे पनि यस पटक प्रचण्ड अडानमा रहे पछि अन्ततः मन्त्रीपरिषद्को बैठक रोकेर पनि ओली सचिवालयको बैठकमा उपस्थित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ