मंसीर ३ काठमाण्डौं । नेकपा भित्र अन्तरविरोध चरम बनेको बेला आज सचिवालयको बैठक तोकिएकै समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रीपरिषद्को बैठक आव्हान गरेका थिए ।
त्यसले बैठकमा ओली सहित कम्तीमा चार जना सचिवालय सदस्य अनुपस्थित हुने संभावना थियो ।
तर मन्त्रीपरिषद् बैठक २ बजे सारिएको स्रोतले जनाएको छ । २ बजे मन्त्रीपरिषद् भए पछि ओली बैठकमा जान सक्ने आकंलन गरिए पनि एकीन भने भईसकेको छैन ।
ओलीले यो बैठक सार्न प्रयत्न गर्दै आएका छन् ।
प्रचण्डले यस अघि सचिवालयको बैठकमा १९ पृष्ट लामो राजनीतिक प्रतिवेदन पेश गरी ओलीलाई नै संगीन आरोप लगाउदै घुमाउरो भाषामा राजीनामा माग गरिएको बुझाई सगैँ ओली पक्ष चिढिएको थियो ।
यसले नेकपा भित्रको संकट गंभीर मोडमा पुगेका बेला राष्ट्रपति देखि चीनीया राजदुत सम्म एकता कायम राख्न सक्रिय भएका थिए ।
आजको बैठक निर्धारीत समयमै बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।