मंसीर ३ काठमाण्डौं । नेकपा विवादले उग्र रुप लिईरहेका बेला आज पूर्व निर्धारीत समय दिउसोँ १ बजे बालुवाटारमा सचिवालयको बैठक राखिएको छ ।
यो बैठक सार्न ओलीले अनेक प्रयास गरे पनि प्रचण्ड माधव नेपाल तयार नभए पछि ओलीले आकस्मिक मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । दिउसोँ एक बजे नै मन्त्रीपरिषद्को बैठक बोलाईएको स्रोतले दाबी गरेको छ । सचिवालयको बैठक पनि बालुवाटारमै राखिएको छ ।
यस्तो स्थितिमा आज ओली पक्ष बाहेकको मात्र सचिवालयको बैठक हुनेछ यदी बैठक बसेमा । किन भने सचिवालयका चार जना मध्यक्ष अध्यक्ष ओली प्रधानमन्त्री छन्, ईश्वर पोखरेल उपप्रधानमन्त्री छन् भने महासचिव विष्णु पौडेल अर्थमन्त्री रहेका छन् भने गृहमन्त्री राम बहादुर थापा पहिला प्रचण्ड समुहबाटै आएको भए पनि अहिले ओलीसगँ नजिकिएकाले उनी पनि मन्त्रीपरिषद्को बैठक छाडेर सचिवालयमा जाने संभावना कम देखिन्छ ।
यसरी हेर्दा आज पनि नेकपा भित्र सहमति हुने कुनै छाँट अहिले सम्म देखा परेको छैन ।
चीनीया राजदुत देखि राष्ट्रपति सम्मले नेकपाको एकता जोगाउन सक्रियता देखाए पनि नेकपा भित्र विवाद निरुपणको सुत्र फेला परीसकेको छैन ।