नेपालमा घट्दै कोरोनाको रफ्तार लामो समय पछि आज मात्र ५०२ जना संक्रमित, २८ सय ७८ डिस्चार्ज

नेपालमा घट्दै कोरोनाको रफ्तार लामो समय पछि आज मात्र ५०२ जना संक्रमित, २८ सय ७८ डिस्चार्ज

  • मङ्लबार, मंसिर २, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

मंसीर २ काठमाडौँ । नेपालमा निरन्तर कोरोनाको रफ्तार कम भएको देखिएको छ । लामो समय पछि आज २४ घण्टामा एक हजार भन्दा पनि कम संक्रमित थपिएको छ । आज मात्रै ५०२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यद्यपि, आजको पिसिआर पनि केही कम नै देखिएको छ । आज ३ हजार १ सय १२ वटा जनाको मात्रै पिसिआर परीक्षण भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

त्यसैगरी संक्रमित थपिने भन्दा डिस्चार्ज हुने क्रम बढीरहेको छ । आज २४ घण्टामा २ हजार ८७८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको १ लाख ७९ हजार २४२ संख्या पुगेको छ । अब कुल सक्रिय संक्रमितको संख्या हालसम्म ३० हजार ९८६ छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २४७ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ