सचिवालयको बैठक अघि प्रस्ताव फिर्ता गराउन ओलीको दबाब, महासचिव विष्णु पौडेल प्रचण्ड निवास पुगेर के सन्देश पुर्याए ?

सचिवालयको बैठक अघि प्रस्ताव फिर्ता गराउन ओलीको दबाब, महासचिव विष्णु पौडेल प्रचण्ड निवास पुगेर के सन्देश पुर्याए ?

  • मङ्लबार, मंसिर २, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

मंसीर २ काठमाण्डौं । बल्ल तल्ल सचिवालयको बैठक बस्न राजी भएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई लक्षित गरी अर्का अध्यक्ष प्रचण्डले एकल रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकार र पार्टी चलाउन असफल भएको भन्दै योगदान गर्न आग्रह गरिएको बिषय पनि नेकपा भित्र फेरी अर्को तरंग सृजना भएको छ ।
पत्रको जवाफ पत्रमा दिने क्रममा पनि दुई अध्यक्षबीच आरोप प्रत्यारोप चलेको थियो ।
कार्तिक २९ गते बसेको सचिवालय बैठक यस्तै तिक्ततापूर्ण छलफलमा सकिएर मंसीर ३ अर्थात भोली बस्ने भनिएको थियो ।
तर यस बीचमा देखा परेका आरोप प्रत्यारोप, टिप्पणी र घटनाक्रमले भोलीको बैठकमा ओली सहभागी हुने या नहुने अझै निश्चित देखिएको छैन ।
ओलीले प्रचण्डसगँ अब सगैँ हिँड्न नसक्ने भन्दै माधव कुमार नेपाल, वामदेव गौतम लगायतका नेतालाई कम्तीमा पूर्व एमालेजति एक जुट हुन अनुरोध गरे पनि सम्बन्धित नेताहरुले कार्यशैली सच्याउन आग्रह गरेका छन् । नेपाल पक्षले साथ नदिदा ओली पक्ष अल्पमतमा परेको छ ।
यस बीचमा, आज ओली निकट पार्टी महासचिव विष्णु पौडेलले आज प्रचण्ड निवास खुमलटारमा पुगेर छलफल गरेका छन् । यसलाई प्रचण्डले पेश गरेको १९ पृष्ट लामो राजनीतिक प्रतिवेदन फिर्ता लिन दबाब दिन पुगेको अर्थमा अनुमान गरिए पनि यसको ठोस विषय सार्वजनिक भएको छैन ।
ओली र प्रचण्डबीचको तिक्ततापूर्ण अन्तरविरोधका कारण नेकपा थप धरापमा पर्दै गएको देखिएका बेला यो छलफल भएको हो । यसअघि पनि ओलीले पौडेललाई प्रचण्डसगँ भेट्न पठाए पछि सचिवालयको बैठक बसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ