बीरगञ्जमा कोरोनाबाट थप एक महिलाको मृत्यु

बीरगञ्जमा कोरोनाबाट थप एक महिलाको मृत्यु

  • मङ्लबार, मंसिर २, २०७७
  • -दिपक चौरसिया

  • 14K
    SHARES

मंसीर २ बीरगञ्ज । बिरगंजमा थप एक महिला कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । पर्साको वीरगन्ज महानगरपालिका १५ की ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

नेशनल मेडिकल कलेजले वीरगन्जको नगवास्थित बाबा होटलमा सञ्चालन गरेको कोभिड उपचार केन्द्रमा ती महिलाको सोमबार साँझ उपचारका क्रममा मृत्यु भएको हो ।

ढाड दुख्ने र श्वास प्रश्वासमा समस्या भएपछि ती महिलालाई उपचारका लागि आइतबार बेलुकी नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा कोरोनाको आशंकामा स्वाब संकलन गरी जिन एक्स्पर्ट विधिबाट पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

संक्रमण पुष्टि भएपछि ती महिलालाई आइतबार राति नै बाबा होटलमा सञ्चालित कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । आइसीयुमा राखेर उपचार गर्ने क्रममै उनको सोमबार साँझ साढे ५ बजे मृत्यु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ