काठमाडौं, १ मंसिर ।
आज थप १ हजार १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौं जिल्लामा ३७३,भक्तपुरमा ४४ र ललितपुरमा ८४ गरी ५०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थपिएका नयाँ संक्रमितमध्ये २१२ जना महिला र २८९ जना पुरुष छन् ।
मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा १४ हजार २७९,भक्तपुरमा ११ सय ८८ र ललितपुरमा २२ सय ४ जना सक्रिय संक्रमित छन् ।
यस्तै, काठमाडौंमा ११ हजार ३ सय २८,भक्तपुरमा १ हजार २८ र ललितपुरमा १९५९ जना होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी २४ घण्टामा २ हजार ९३४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ७६ हजार ३६४ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३३ हजार ३७९ छ ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १३ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय ३० पुगेको छ ।