संक्रमितको दर घट्ने क्रम जारी , आज २९ सय ३४ डिस्चार्ज

संक्रमितको दर घट्ने क्रम जारी , आज २९ सय ३४ डिस्चार्ज

  • सोमवार, मंसिर १, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाण्डौं मंसीर १ । नेपालमा पछिल्लो दिनहरुमा निरन्तर कोरोना संक्रमितको दर घटिरहेको छ । आज पनि हिजोको तुलनामा कम संक्रमितहरु देखिए । आज २४ घण्टामा १ हजार एक सय ९७ जना संक्रमित थपिएका छन् । यो निकै लामो समय पछिको सबै भन्दा कम हो ।
यो सगैँ कुल संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ ।

त्यस्तै निको हुने दर पनि सगैँ बढेको छ । आज मात्रै २ हजार ९३४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ७६ हजार ३६४ संख्या पुगेको छ ।

अब कुल सक्रिय संक्रमितको संख्या सक्रिय संक्रमितको संख्या हालसम्म ३३ हजार ३७९ छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय ३० पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ