ओली पक्षीय नेतालाई माधव पक्षको चेतावनीः यदी प्रचण्डले साथ नदिएको भए ओली प्रधानमन्त्री र विद्या राष्ट्रपति हुने थिएनन्, ख्याल गरौँ !

ओली पक्षीय नेतालाई माधव पक्षको चेतावनीः यदी प्रचण्डले साथ नदिएको भए ओली प्रधानमन्त्री र विद्या राष्ट्रपति हुने थिएनन्, ख्याल गरौँ !

  • आइतवार, कार्तिक ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

काठमाण्डौं कार्तिक ३० । नेकपा भित्र अल्पतमतमा परेपछि प्रचण्डको चरम बिरोधमा लागेको ओली पक्षका नेतालाई माधव नेपाल पक्षीय नेताहरुले पनि काउन्टर दिन थालेका छन् ।
नेकपा भित्र प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम मिल्नासाथ सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा समेत ओली पक्ष अल्पमतमा छ ।
यही अल्पमतमा रहेकै कारण प्रधानमन्त्री ओली पार्टीको बैठक राख्न समेत तयार भएका थिएनन् भने उनी बैठकका निर्णय लागू गर्न पनि आनाकानी गरीरहेको अन्य नेताको बुझाई छ ।
चौतर्फी दबाब पछि बल्ल बैठक बस्न तयार भए पनि सचिवालयको बैठकमा पत्र आदान प्रदान र पार्टीको राजनीतक प्रतिवेदन पेश प्रचण्डले गरेका छन् ।
त्यही प्रतिवेदन र पत्रमा ओलीमाथि केही गंभीर आरोप प्रचण्डले लगाए पछि ओली पक्षधर नेताहरु प्रचण्ड बिरुद्ध आक्रामक बनेका छन् ।
शंकर पोखरेलदेखि सूर्य थापा सम्म प्रचण्ड बिरुद्ध खनिएर सामाजिक सञ्जालमा प्रचण्डको प्रतिवेदन फिर्ता हुनु पर्ने अन्यथा छलफलै नहुने बताउन थालेका छन् ।
यही बेला माधव नेपाल पक्षीय नेताले भने प्रचण्डको बचाउ गरेका छन् ।
नेपाल पक्षीय नेता एवं विदेश विभागका उपप्रमुख बिष्णु रिजालले सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रचण्डले त्याग गरेर सहयोग गरेकाले नै केपी ओली प्रधानमन्त्री र बिद्या भण्डारी राष्ट्रपति बन्न सफल भएको भन्दै प्रचण्डलाई पदलोलुप भन्न नमिल्ने बताएका छन् ।


अनि ख्याल गरौं, प्रचण्डले साथ नदिएको न विद्या भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो, न केपी ओली प्रधानमन्त्री।यति नभइसकेपछि अरू साथीहरुले रोजी–खोजी विभिन्न पद पाउने त सम्भावनै हुन्थेन। रिजालले लेखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ