आज संक्रमितको संख्या २ हजार भन्दा कम, डिस्चार्ज २५ सय बढी

आज संक्रमितको संख्या २ हजार भन्दा कम, डिस्चार्ज २५ सय बढी

  • शनिबार, कार्तिक २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

कार्तिक २९ काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमितको संख्या हिजोको तुलनामा केही कम देखिएको छ । आज १९ सय ४६ जना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजो २१ सय बढी संक्रमित थपिएका थिए । यो सगैँ देशभर कुल संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।
यसै गरी कोरोना संक्रमित निको हुने दर पनि बढेको छ । आज पनि संक्रमित भन्दा बढी २५ सय ३ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सगैँ निको हुनेको संख्या एक लाख ७० हजार ६३२ पुगेको छ ।
अब सक्रिय संक्रमित ३६ हजार ४५२ जना रहेका छन् ।
यस्तै २४ घण्टामा कोरोनाले १३ जनाको ज्यान गएको छ । यो सगैँ कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय १५ पुगेको छ ।
अब क्वारेन्टाईनमा १०५७ जना रहेका छन् । देशभर आज सम्म १६ लाख २ हजार ६०३ जनामा कोरोना परीक्षण गरिसकिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ