काठमाडौँ कार्तिक २९ । पछिल्लो समय कोरोना संक्रमण देखिएका सत्याग्रही डा. गोविन्द केसीले सरकारी खर्चमा आफ्नो उपचार नगर्ने बताएका छन् । उनले आफ्नो उपचार खर्च आफै व्यहहोर्ने पनि बताए ।
प्रधानमन्त्रीले डा. केसीको उपचार खर्च व्यहोर्ने बताएका थिए । त्यसपछि विज्ञप्ति नै जारी गरेर डा. केसीले आफ्नो खर्च आफै व्यहोर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य लाभको कामना गरेको बारे भने उनले धन्यवाद भनेका छन् । साथै उनले नागरिकप्रतिको कर्तव्य पूरा गरोस् भनेर सरकारको ध्यानाकर्षण गराएका छन् । गरीब र दुरदराजका संक्रमितले अहिले सम्म उपचार पाउन नसकेको डा. केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
डा। केसीले आफूहरुसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न समेत आग्रह गरेका छन् । कोरोना संक्रमण देखिए पछि डा. केसीको शिक्षण अस्पतालमै उपचार भईरहेको छ ।