काठमाण्डौं कार्तिक २९ । काठमाण्डौंमा बाक्लो बस्ती भएकै कारण तारबाट प्राप्त हुने सुविधाहरुका लागि तारको प्रयोग हुन्छ । जस्तै बिजुली, ईन्टरनेट, टेलिफोन, टेलिभिजन आदिका लागि घर घर र कार्यलयहरुमा तार पुर्याईएको हुन्छ । त्यसका लागि एक अर्को गर्दै वितरण गरिएका तारहरुले अन्ततः सडकका पोलहरुलाई कुरुप बनाउने गरेको छ ।
यस लाई व्यवस्थित गर्ने वा भूमिगत बनाउने भन्ने चर्चा चले पनि अहिले सम्म कुनै परिणाम देखिसकेको छैन ।
यस्ता तारहरुले सडकको सौन्दर्यतामा कमी त ल्याएको छ नै सडकमा हिँड्ने मानिसहरुलाई जोखिम समेत बढाउने गरेको छ । यस्तै दृष्य सिंहदरबार अगाडी नै अनामनगर चोकमा देखियो । साईकलमा फलफुल बेच्ने साना व्यपारी आफैले झुण्डिएका मुठा तारहरुलाई बाँध्दै गरेको देखियो ।
फलफुल बेच्नेहरुले टुलमा चढेर तार मिलाईरहेका देखिन्थे । उनीहरुलाई तिहारका बेला साईकलमा राखेर फलफुल बेच्न समेत समस्या भएको अनुभव सुनाए ।
यस्ता तारहरु व्यवस्थित गर्न सरकारले ठोस कदम चाल्नु अति जरुरी देखिन्छ । नत्र शहरी सौन्दर्यतामा कमी मात्र हैन कि दुर्घटनाहरु पनि ननिम्तिएला भन्न सकिन्न ।

