कार्तिक २९ काठमाण्डौं । आन्तरीक विवाद र गुटबन्दीको चरम अवस्थामा रहेको नेकपाको बल्ल तल्ल सचिवालयको बैठक त शुरु भएको छ । तर पार्टी एकता भने अझ संकटमा पुगेको देखिएको छ ।
अध्यक्षद्धय प्रचण्ड र केपी ओलीले एक अर्कालाई संगीन आरोप लगाउदै पत्र ओहोर दोहोर गराईरहेका छन् ।
यसका बीच पनि सचिवालयको शुक्बार बैठक बस्यो र मंसीर ३ गते पुनः बस्ने गरी स्थगित भएको छ ।
पार्टी बैठकमा पहिलो अध्यक्ष केपी शर्मा ओलीलाई आरोप लगाउदै प्रचण्ड एक्लैले प्रस्ताव पेश गरेर पार्टी एकता गंभीर मोडमा पुर्याएको ओली पक्षीय नेताहरुको आरोप छ ।
सामाजिक सञ्जालमा नेकपाका स्थायी समिति सदस्य एवं पाँच नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले अध्यक्ष प्रचण्डको एकल प्रस्तावले पार्टी एकता गंभीर भोडमा पुगेको टिप्पणी गरेका छन् ।

एकातिर प्रचण्डले हेपिएको र अपमानित भएको महसुस भएको बताउने गरेका छन् अर्कोतिर प्रचण्डले गुटबन्दी गरेको भनेर ओली असन्तुष्ट बनिरहेका छन् ।
यो स्थितिमा नेकपाको एकता के का आधारमा कहिले र कसरी पूर्ण होला अनुमान लगाउनै नेताहरुलाई कठिन परेको छ ।