काठमाण्डौं कार्तिक २८ । नेकपाका सचिवालयको आजको बैठकमा ९ जनालाई नै पत्रहरु बितरण गरियो ।
पहिलो पत्र शुक्रबार बहुमत सचिवालय सदस्यका तर्फबाट ओलीलाई गएको पत्र । त्यस पछि ओलीले अध्यक्ष प्रचण्डलाई लेखेको पत्र । त्यसको जवाफमा प्रचण्डले फेरी ओलीलाई लेखेको पत्र ।
दिनहुँ जसो बालुवाटारमा भेट भईरहने ओलीप्रचण्डबीच अब पत्र युद्ध चलेको देखिएको छ ।
ती लामा पत्रहरुमा उनीहरुले एक अर्कालाई दोषी देखाउने प्रयास गरेको देखिएको छ ।
ओलीले प्रचण्डमाथि गुटबन्दी गरेको आरोप लगाएका छन् भने प्रचण्डले लेखेको पत्रमा हलो अड्काउने र गोरु चुट्ने ओलीको नीतिले आफूलाई ठूलो पीडाबोध र अपमान महसुस गराएको उल्लेख गरेका छन् ।
आफूले सहमति बमोजिम कार्यन्वयन नभएका बिषयलाई पनि त्याग गर्दै गएर पार्टी एकताप्रति निष्ठा देखाएको तर जति त्याग गर्यो त्यति नै अपमानित गर्ने काम तपाईले गर्नु भयो । प्रचण्डले ओलीलाई लेखेको पत्रमा भनिएको छ ।
यो पत्रहरु वितरण सहित एजेण्ड तय गरेको नेकपा सचिवालयको अर्को बैठक मंसीर ३ गते बस्ने छ ।
भनाभन, सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिएका नेकपाका शीर्ष नेताहरुबीच अब पत्रयुद्ध चल्न थालेको छ । नेकपा भित्र असार १० को स्थायी समिति पछि शुरु भएको विवादले भदौमा आउदा केसी सहमति बने पनि त्यो कार्यन्वयन नभए पछि पुनः विवादको रुप लिएको छ ।
नेकपा भित्र अहिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली अल्पमतमा परेका छन् । उनी अल्पमतमा परेकै कारण बैठक बस्न नमानेको प्रचण्ड नेपाल पक्षीय नेताहरुले आरोप लगाउदै आएका थिए ।
तर अहिले ओलीलाई छोडेर पनि औपचारीक बैठक बसालेर जाने प्रचण्ड माधवको तयारी पछि ओली आजबाट भने बैठक बस्न तयार भएका छन् ।
https://www.mirmireonline.com/wp-content/uploads/2020/11/prachanda-1.pdf