कार्तिक २८ काठमाडौँ । नेपालमा आज २१ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ९ हजार ५ सय ३३ पीसीआर परीक्षण गरिएकामा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज सम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।
यसैबीच पछिल्लो दुई दिन यता कोरोना संक्रमित हुने भन्दा डिस्चार्ज हुने बढीरहेका छन् । आज पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३५ सय ३७ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६८ हजार १ सय २९ जना पुगेको छ ।
अब सक्रिय संक्रमितको संख्या ३७ हजार २२ पुगेको छ ।
यस्तै आज थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय २ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline