कार्तिक २८ काठमाण्डौं । लामो रस्सा कस्सी पछि अन्ततः नेकपाको सचिवालयको बैठक सहमतिकै आधारमा आज बस्दै छ ।
खास गरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आफू बिरुद्ध गुटबन्दी भएको भन्दै बैठक बस्न नमाने पछि बहुमतको बैठक राख्ने सुरमा रहेका प्रचण्ड नेपाल पक्षले अन्ततः ओली तयार भए पछि आज सहमतिमा सचिवालयको बैठक बस्ने तयारी भएको हो ।
प्रचण्डको अध्यक्षतामा औपचारीक रुपमै पार्टीको बैठक बस्ने तयारी भए पछि ओलीले महासचिव विष्णु पौडेललाई खुमलटार पठाएर बैठकमा ओली बस्न तयार रहेको सन्देश लगे पछि सहमतिमा बैठक बस्न लागेको हो ।
आजको बैठक अपरान्ह ४ बजे पछि बालुवाटारमा बस्ने छ । आजको बैठकमा प्स्तुत गर्ने एजेण्डा र राखिने अडानमा बारेमा खुमलटारमा अध्यक्ष प्रचण्डले निरन्तर आन्तरीक छलफल र गृहकार्य जारी राखेको बुझिएको छ ।
ओलीले भने बरु पार्टी विभाजन हुन दिने तर प्रधानमन्त्रीबाट राजीनामा नदिने भन्दै आफू बहुमत जुटाउने प्रयासमा नेताहरुसगँ अलग अलग अभ्यास गरे पनि त्यसमा सफल हुन सकेका छैनन् ।
असारमा शुरु भएर भदौमा सम्पन्न स्थायी समितिको बैठकले गरेका निर्णयहरु कार्यन्वयन हुनु पर्ने अडानमा प्रचण्ड नेपाल पक्ष रहेका छन् ।
यस बैठकमा आज पार्टी भित्र देखिएका पछिल्ला अन्तरविरोध र निर्णय कार्यन्वयनको बिषयमा समिक्षा हुन सक्ने एक नेताले बताए ।