नेपालले अझै मंसीर ३० सम्म अन्तराष्ट्रिय सीमानाका बन्द गर्ने, उद्धार उडान अब नहुने

नेपालले अझै मंसीर ३० सम्म अन्तराष्ट्रिय सीमानाका बन्द गर्ने, उद्धार उडान अब नहुने

  • बिहिबार, कार्तिक २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

कार्तिक २७ काठमाडौँ । कोरोना महामारी र लकडाउनका कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका नेपालको अन्तराष्ट्रिय नाका आगामी मंसीर ३० गते सम्म नखुल्ने भएको छ । मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै आज सञ्चार मन्त्री पार्वत गुरुङले यस्तो जानकारी दिएका हुन् । नेपाल आउनै पर्ने भएमा भने तोकिएका विभिन्न नाकाबाट प्रवेश पाईने पनि मन्त्री गुरुङले बताए ।
यसै गरी विदेशमा अलपत्र नेपालीका लागि उद्धार उडान स्थगित गर्ने पनि सरकारले निर्णय गरेको छ । हाल सम्म एक लाख ३६ हजार २१६ जना नागरिकलाई उद्धार गरेर ल्याईएको जनाउदै सरकारले अब नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकले नियमित उडानमा आउनु पर्ने जनाएको छ । यसै गरी सरकारले लामो समयदेखि ठप्प रहेका खेलकुदका गतिविधि अगाडी बढाउने पनि निर्णय गरेको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी खेल प्रशिक्षणहरु सञ्चालन हुन दिने निर्णय भएको हो । ओलम्पिक सहित सबै अन्तराष्ट्रिय प्रतियोगीताका लागि फुटवल क्रिकेट लगायतका खेल प्रशिक्षणहरु सञ्चालन हुन दिईने छ ।

यस्तै मन्त्रीपरिषद् बैठकले मल कारखाना स्थापनाका लागि अर्थमन्त्रीको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र कृषि तथा पशुपंछी विकासमन्त्रीसहितको समितिले अध्ययन गर्ने भएको छ । बंग्लादेशबाट ुजीटुजीु माध्यमबाट मल खरिद गर्ने निर्णय पनि सरकारले गरेको छ ।

सबै संघीय र प्रदेश कार्यालयहरुमा विद्युतीय सरकारी लेखा प्रणाली र संघ र र प्रदेशका सबै कार्यालयहरु तथा स्थानीय तहमा सार्वजनिक सम्पत्ति व्यवथापन प्रणाली लागू गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए ।

सरकारले बलात्कारपछि हत्या गरिएकी सम्झना कामीको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय पनि सरकारले गरेको छ । यस्तै सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । किजा पूजाको अवसरमा मंसिर २ गते सर्वाजनिक बिदा दिने तय भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ