हिजोको तुलनामा आज घटे कोरोना संक्रमित,२४ घण्टामा २ हजार भन्दा कम संक्रमित थपिए

हिजोको तुलनामा आज घटे कोरोना संक्रमित,२४ घण्टामा २ हजार भन्दा कम संक्रमित थपिए

  • बिहिबार, कार्तिक २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

कार्तिक २७ काठमाडौँ । नेपालमा हिजोको तुलनामा आज कम संक्रमित थपिएका छन् । आज २ हजार भन्दा कम १९ सय १३ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सगैँ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ ।
यसैगरी आज कोरोना मुक्त हुनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २३ सय ४९ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ जना पुगेको छ । कोरोनामुक्त हुनेको प्रतिशत ८१ भन्दा माथि रहेको छ । अब सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८९ पुगेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ