कार्तिक २७ काठमाडौँ । बैठक नराख्ने अडान राख्दै आएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली बैठक बस्न सहमत भएका छन् ।
गत शुक्रबार सचिवालयको बैठक राख्न प्रचण्ड माधव नेपाल सहित ५ जना नेताहरुले लिखित पत्रै दिदाँ समेत ओलीले आफू बिरुद्ध गुटबन्दी बसेको, आफ्नो सहमति विना बैठक राखे पार्टी फुट्ने सम्मको चेतावनी दिएका थिए ।
तर प्रचण्ड माधव समुहले अब ओली तयार नभए पनि औपचारीक बैठक बस्ने तयारीमा जुटे पछि ओली बैठक बस्न सहमत भएका हुन् । ओली सहमत भए पछि सचिवालयको बैठक भोली दिउसो ४ बजे बालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
ओलीले महासचिव विष्णु पौडेललाई प्रचण्ड निवासमा पठाएर बैठक बस्न तयार भएको सन्देश दिएका थिए । यस पछि भोलीका लागि बैठक बस्ने भएको हो ।
यसले नेकपा भित्रको बढ्दो विवाद केही मत्थर हुन सक्ने अनुमान गरिएको छ ।
प्रचण्ड माधव समुहले ओलीले बैठकको निर्णय कार्यन्वयन नगरेको, संवैधानिक एवं राजजुत नियुक्तिमा मनोमानी गरेको, मन्त्रीमण्डल पुनर्गठन सहमति अनुसार नगरेको भन्दै आलोचना गर्दै आएका छन् । नेकपामा भदौ २६ को स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नभएको विषयमा दाहाल नेपाल पक्ष रुष्ट छन् ।