कार्तिक २७ काठमाडौं । काठमाडौंको कलंकीमा आज बिहान भएको ट्रक दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । रोकिराखिएको ट्रकमा मिनि ट्रक ठोकिएर दुर्घटना भएको हो ।
कलंकी चोकबाट कुखुरा बोकेर स्वयम्भू जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको मिनिट्रक मकालु पेट्रोल पम्प नजिकै रोकिराखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ । कुखुरा बोकेको ट्रकमा रहेका तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा नुवाकोटको सुन्दरदेवी गाउँपालिकाका २४ वर्षीय रोशन तामाङ, तार्केश्वर गाउँपालिका( ५ का ३७ वर्षीय माधवप्रसाद घिमिरे र सोही ठाउँका २७ वर्षीय भूपेन्द्र तामाङ रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline