कार्तिक २६ संखुवासभा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जनताले छानेर पठाएर प्रधानमन्त्री बनेकाले अहिले राजीनामा नदिने बताएका छन् ।
यस अघिका सार्वजनिक कार्यक्रममा पनि उनले राजीनामा नदिने बिषय राख्दै आएका छन् ।
गत असारमा नेकपाका अन्य नेताहरुले राजीनामा मागे पनि अहिले उनको राजीनामा कसैले मागेको पाईएको छैन, तर पनि प्रधानमन्त्रीले निरन्तर राजीनामा नदिने कुरा अभिव्यक्त गर्दै आईरहेका छन् । संभुवा सभाको किमाथांका पुगेका बेला उनले यो दोहोर्याएका हुन् ।
चीनसँग जोडिएको किमाथांका नाका, सीमा सुरक्षाका लागि स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपी र रानी किमाथांका सडक र ९ सय मेगावाटको अरुण तेश्रो आयोजनाको स्थलगत अनुगमन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले किमाथांका सडक बने पछि चीनसगँको व्यापार अझ बृद्धि हुने बताए ।
प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, संघीय सांसद राजेन्द्र गौतम र परशुराम मेघी गुरुङलगायत प्रदेश सांसदहरू पनि प्रधानमन्त्रीसँग संखुवासभा पुगेका थिए ।
अरुण तेस्रो परियोजना भारतको सरकारी कम्पनी सतलजले निर्माण गरीरहेको छ ।