कार्तिक २६ काठमाण्डौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई अब मन्त्री बन्न कानुनी बाटो खुल्ला भएको छ । आज सर्वोच्च अदालतले गौतमको राष्ट्रिय सभामा मनोनयनको बिरुद्ध परेको रिटमा अन्तरीम आदेश दिन अस्वीकार गरे पछि गौतमका लागि संवैधानिक नियुक्तिको बाटो खुलेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिटमाथि झण्डै डेढ महिनादेखि सुनुवाइ गरिरहेको संवैधानिक इजलासले अन्तरिम आदेश जारी नहुने बताएको छ ।
अब वामदेवलाई राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न पनि सहज भएको छ । यस अघि उनको नियुक्ति गर्ने निर्णय यथास्थितिमा राख्नु भन्ने आदेश दिएको थियो ।
यो रिटमा प्रधानन्यायाधीश चोलेन्द्र राणा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको संवैधानिक इजलासले हेरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline