कार्तिक २६ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमण बढीरहेको बेला संक्रमितको संख्या २ लाख नाघेको छ । आज मात्रै देशभर २५ सय ६९ जना संक्रमित थपिएका छन् । आज १० हजार ८१ जनामा गरिएको परक्षिणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
काठमाण्डौ उपत्यकामा आज १२६१ जना संक्रमित थपिएका छन् ।
यस्तै आज १६ सय ६६ जना डिस्चार्ज भएका छन् । आज सम्म कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या एक लाख ६२ हजार २४३ जना पुगेको छ । कोरोनाबाट आजै मात्र २६ जनाको मृत्यु भएको छ । हाल सम्म मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ । कुल सक्रिय संक्रमित ३८ हजार ९१२ जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline