काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा किर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण हुँदै

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा किर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण हुँदै

  • बुधबार, कार्तिक २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

कीर्तिपुर । गोर्खाली र कीर्तिपुरे फौजबीच ९१८१४ देखि १८२२ सम्म तीनपटक० युद्ध भएको ऐतिहासिक स्थान किर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण भैरहेको छ । करिब दुई सय ६२ वर्षअघि भएका युद्धको झल्को दिनेगरी किर्तिपुर नगरपालिकाले काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा करिब ५४ रोपनी क्षेत्रफलमा पार्क निर्माणको काम अघि बढाएको हो । अहिले पार्क निर्माणको काम धमाधम भैरहेको छ ।
नेपाल एकीकरणको अभियानका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि पटक–पटक आक्रमण गरेको इतिहास छ । ‘ढाल र तरबारसहित पृथ्वीनारायण शाह, कालु पाण्डेसहितका गोर्खाली सेनाले कीर्तिपुरमाथि तीन पटक आक्रमण गरे, घमासान युद्ध भयो । त्यहि युद्ध कीर्तिपुरवासीका लागि गर्विलो इतिहास बन्यो,’ किर्तिपुर नागरपालिकाका मेयर रमेश महर्जनले भन्नुभयो, ‘यो युद्ध पार्कमा इतिहास मात्र होइन, नेवारी कला र संस्कृति झल्काउने मूर्ति र संग्राहलय पनि निर्माण गर्ने योजना ।’ मेयर महर्जनले युद्धको झल्को दिने गरी ‘युद्ध स्मारक पार्क मुर्त–अमूर्त स्मारकहरु राख्ने जानकारीदिनुभयो । उहाँका अनुसार अहिले त्यसका लागि ३० बढी त्यस्ता मूर्ति र स्मारक निर्माण भैसकेका छन् ।


इतिहास अनुसार पृथ्वीनारायण शाह आफैँ आक्रमणको कमान्ड भई गोर्खा राज्यका तर्फबाट करिब १२ सय सैनिकले कीर्तिपुरमाथि आक्रमण गरेका थिए । तर, दुई पटकको प्रयासलाई कीर्तिपुरका करिब तीन सय सेनाले प्रतिकार गरेका थिए । ‘त्यहि युद्धमा गोर्खाली सेनाका कालु पाण्डे मारिए थिए भने पृथ्वीनारायण शाह पनि किर्तिपुरे फौजको कब्जामा परेका थिए,’ गोर्खाली फौजबाट त्यहि युद्धमा कब्जा गरी बाघभैरव मन्दिरमा सबैले देख्ने गरी राखिएका ढाल, तरबार देखाउँदै मेयर महर्जनले भन्नुभयो, ‘पहिला किर्तिपुर कृषिमा आधारित थियो । घरेलु उत्पादनमा प्रख्याती कमाएको थियो । शहरीकरणसँगै अब किर्तिपुरको त्यो पहिचान हरायो ।’
महर्जनले इतिहासको जगेर्ना गर्दै पर्यटन व्यवसायका रुपमा जोड्ने योजनासहित नगरपालिका अघि बढेको जानकारी दिनुभयो ।


‘युद्ध स्मारक पार्क’ मार्फत कीर्तिपुरको इतिहास जीवन्त बनाउने योजना बनाएका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित निर्माणधिन पार्क अनुगमनका लागि किर्तिपुर पुगेको टोलीलाई कालु पाण्डेको शीर छेदन गरेको खस्रे ढुंगा नजिकै उभिएर चोरी औँलाले काठमाडौतर्फ देखाउँदै महर्जनले भन्नुभयो,’ ‘निर्माणाधिन पार्क त्यसैको एक आधार हो ।’
केही दिन अघि मात्रै काठमाडौँ महानगरपालिककै आर्थिक सहयोगमा निर्माणाधिन तारकेश्वर धामको अनुगमन गर्नुभएका काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले युद्ध पार्क अनुगमनकै क्रममा पार्क निर्माणको काम अलपत्र नछाड्न आग्रह गर्नुभयो । उहाँले आगामी बजेटमा पनि थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । ‘काठमाडौँ महानगरपालिका आफु मात्रै होइन छिमेकी नगरसँग पनि साझेदारी गरी अघि बढ्नुपर्छ भन्ने योजनामा छ,’ शाक्यले भन्नुभयो, ‘हरियाली विकास, खुला क्षेत्रको संरक्षण, संस्कृति संम्पदाको संरक्षण र ऐतिहासिक–धार्मिक तथा पर्यटकीय स्थानको विकास जस्ता परियोजनामा हामीले सहयोग गर्दै आएका छौँ ।’ उहाँले काठमाडौँका १० ओटा र मध्यपुर ठिमी नगरपालिकालाई यस्ता परियोजनाका लागि सहयोग गरेको पनि स्मरण गराउनुभयो ।

अनुगमन टोलीमै सहभागी किर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती रिजाल खड्काले बाघभैरव मन्दिरबाट ओरालो झर्दै गर्दा सञ्चारकर्मीहरुसँग काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगकै कारण युद्ध पार्क निर्माणको योजना अघि बढेको जानकारी दिनुभयो । ‘काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यज्युले पार्क निर्माणका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धतासँगै अभिभावकत्व नलिनु भएको भए यो पार्कको योजना सजिलै अघि बढ्ने थिएन,’ उहाँले भन्नुभयो, ‘पार्क निर्माणका लागि करिब सात करोड लाग्ने अनुमान गरेका छौँ । काठमाडौँ महानगरपालिकाले दिएको एक करोड खर्च भैसकेको छ । प्रदेश सरकार र महानगरपालिकासँग पनि हामीले अझै सहयोगको अपेक्षा गरेका छौँ ।’
किर्तिपुरका तीन ओटा वडा–१, २ र १० लाई समेटेर पहिलो चरणमा १४ रोपनी र विस्तारै पुरै ५४ रोपनीमै पार्क निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ ।
वडा–२ का अध्यक्ष रमेशमान डंगोलले गोर्खाली र कीर्तिपुरे फौजबीच तीनपटक युद्ध भएको र त्यहि बाघभैरव आसपासको ढिस्को चढ्न नसकेर पृथ्वीनारायण शाहले दुईपटकसम्म कीर्तिपुरसँग हार्नुपरेको इतिहासको झल्को दिने गरी पार्क निर्माणको काम अघि बढाएको जानकारी दिनुभयो ।


उहाँले पार्क बन्ने यो ढिस्कोमै ठूलो पर्खाल, गढ र किल्लासमेत निर्माण भैरहेको पनि जानकारी दिनुभयो । ‘वि।स १८२१ को भदौमा शुरप्रताप शाह, दलजित शाह र श्री हर्ष पन्तको नेतृत्वमा किर्तिपुर माथि दोस्रो आक्रमण भयो । त्यस आक्रमणमा कर्तिपुरे फौजले गोर्खाली सैनिकका कमान्डर ९पृथ्वीनारायण शाहका भाई० शुरप्रताप शाहको आँखा फुटाएको भनी इतिहास छ । शुरप्रतापको आँखा फुट्नुका साथै अन्य केही फौज त्यो पटक पनि फर्कन वाध्य भएको थियो,’ डंगोलले भन्नुभयो, ‘त्यहि इतिहास अनुसार पार्कमा कालु पाण्डे र शुरप्रतापहरुको सम्झनामा स्मारक समेत निर्माण गर्ने तयारी छ ।’
उहाँले युद्धसँग सम्बन्धित मूर्तिका साथै सामाजिक, सांस्कृतिक र धार्मिक महत्वलाई झल्काउने सामग्री राख्ने र पार्कमा संग्रहालयसमेत बनाउने योजना नगरपालिकाको रहेको पनि जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी