प्रधानमन्त्री ओली पुगे किमाथांका, अरुण तेस्रो जलविद्युत आयोजनाको अवलोकन गर्ने

प्रधानमन्त्री ओली पुगे किमाथांका, अरुण तेस्रो जलविद्युत आयोजनाको अवलोकन गर्ने

  • बुधबार, कार्तिक २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ कार्तिक २६ । मृगौला प्रत्यारोपण पछि पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली उपत्यका बाहिर निस्किएका छन् । उनी संखुवासभाको किमाथांका पुगेका छन् । किमाथांका चीनसगँ जोडिएको नाका हो । यो नाकाबाट चीन नेपाल भारत व्यापारको संभाव्यता अध्ययन गरिने जनाईएको छ ।
प्रधानमन्त्रीका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल पनि पनि संखुवासभा गएका छन् । संखुवासभा भ्रमणमा प्रधानमन्त्री ओलीले भारतीय कम्पनीले निर्माण गरीरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको अवलोकन गर्ने समेत कार्यक्रम रहेको छ । ९ सय मेगावाटको अरुण तेस्रो परियोजना भारतीय सरकारी कम्पनी सतलजले निर्माण गरीरहेको छ ।
नेपाली सेनाको हेलिकप्टर मार्फत संखुवासभा पुगेका प्रधानमन्त्री ओली आजै काठमाण्डौ फिर्ता हुने कार्यक्रम रहेको छ ।

नाकाको अनुगमन पश्चात उत्तर दक्षिण कोशी राजमार्गको अनुगमन गर्न च्याम्ताङ पुग्ने जनाइएको छ । राजमार्गको अवलोकन पछि हेलिकप्टर मार्फत अरुण तेश्रो परियोजनाको अनुगमन गर्न ड्याम साईड निर्माण क्षेत्र फ्याक्सिन्दा दोभान पुगे पछि दिउँसो ३ बजे प्रधानमन्त्री ओली काठमाण्डौं फर्कने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ