कार्तिक २६ काठमाडौँ । पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले सेक्युरीटी प्रिन्टिङ प्रेसको खरीदमा ७० करोड मोलमोलाई गरेपछि उत्पन्न तरंग अझै सेलाएको छैन । अख्तियार देखि अदालत सम्म यो मुद्धा जीवितै छ । बास्कोटा प्रधानमन्त्री ओलीको किचेन क्याबिनेटमा रहने गरेकाले प्रधानमन्त्रीमाथि पनि प्रश्न उठेका थिए ।
तर अहिले अदालतमा त्यो ७० करोड मोलमोलाईको अडियो रेकर्ड सम्बन्धि मुद्धामा आफै बिरुद्ध मुद्धा परे पछि बिजय मिश्रले अदालतलाई जवाफ दिने क्रममा यो अनियमिततामा प्रधानमन्त्री ओली पनि संलग्न रहेको जिकिर गरेका हुन् ।
केही समय जापान बसेर फर्किए पछि उनले जिल्ला अदालत काठमाण्डौमा लिखित जवाफ पेश गरेका हुन् । प्रधानमन्त्री ओलीले अहिलेको कार्यकाल नभई अघिल्लो कार्यकालमा समेत अनियमितता गर्ने उदेश्यले मन्त्रीपरिषद्बाट प्रेस खरीद सम्बन्धि नीतिगत निर्णय गराएको दाबी मिश्रले गरेका छन् ।
मिश्रले ७० करोडको अडियो सार्वजनिक भएर मन्त्रीपदबाट राजीनामा दिन बाध्य भएको केही दिन पछि मिश्र बिरुद्ध गाली बेईजति मुद्धा हालेका थिए । बास्कोटा बिरुद्ध अख्तियारमा मुद्धा बिचाराधीन रहेका बेला प्रधानमन्त्रीको समेत नाम अदालतमा जोडिएको छ ।