अन्ततः लक्षण देखिएका कोरोना संक्रमितको उपचार र परीक्षण निशुल्क गर्न सरकार तयार

अन्ततः लक्षण देखिएका कोरोना संक्रमितको उपचार र परीक्षण निशुल्क गर्न सरकार तयार

  • मङ्लबार, कार्तिक २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

कार्तिक २५ काठमाण्डौं । सर्वोच्चको आदेश, चौतर्फी जनदवाव पछि सरकारले कोरोना लक्षण देखिएका बिरामीको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । यस अघि सरकारको निर्णय बिरुद्ध सर्वोच्च अदालतले उपचार र परीक्षण निशुल्क गर्न आदेश दिएको थियो भने संसदीय समितिले पनि उपचार र परीक्षण निशुल्क गर्न निर्देशन दिएको थियो ।
त्यस दबाब पछि सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले कात्तिक २ गतेदेखि लागू हुने गरी कोरोनाको उपचार र परीक्षण शुल्क आफैले व्यहोर्नु पर्ने निर्णय गरे पछि विवादमा परेको थियो ।
यस्तै बैठकले कोरोनाको भ्याक्सिन समयमै उपलव्ध गराउने विषयमा पनि एक कमिटि बनाईएको छ ।
कोारोना संक्रमितको उपचार र व्यवस्थापनमा सहयोगका लागि कोभिड कोषमा मन्त्रीपरिषद्का सबै सदस्यहरुको चैत्र सम्मको आधा पारीश्रमिक जम्मा गर्ने पनि निर्णइ भएको छ । बैठकले पुस्तक आयातमा यस अघि लगाएको कर पनि हटाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ