अब पनि ओलीले अटेर गरे प्रचण्डले नेकपाको कार्यकारी अध्यक्षको अधिकार प्रयोग गरेर बैठक बोलाउने

अब पनि ओलीले अटेर गरे प्रचण्डले नेकपाको कार्यकारी अध्यक्षको अधिकार प्रयोग गरेर बैठक बोलाउने

  • मङ्लबार, कार्तिक २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

कार्तिक २५ काठमाण्डौं । सत्तारुढ नेकपा भित्रको विवादले अझै गंभीर मोड लिने संकेत देखिएको छ । सामुहिक र लिखित आग्रह गर्दा समेत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बैठक बस्न तयार नभए पछि उनीहरुले मंगलबार सम्म पर्खने र ओली तयार नभए कार्यकारी अध्यक्षका हैसियतले प्रचण्डको अध्यक्षतामा औपचारीक बैठक बस्ने तयारी भएको छ ।
ओलीले यस अघि औपचारीक बैठक बसे पार्टी फुटको बिन्दु हुने चेतावनी दिए पछि प्रचण्डले शुक्रबार र शनिबार दुई पटक धुम्बाराहीमा अनौपचारीक सचिवालयको बैठक राखेका थिए ।
त्यस छलफल पछि लिखित रुपमा बैठक बस्न उनीहरुले सोमबार सम्मको अल्टिमेटम दिएका थिए ।
तर बैठक बोलाउनुको साटो ओलीले बालुवाटारमा वरिष्ठ नेता माधव कुमार नेपाललाई बोलाएर पूर्व एमाले समुह एक हुनु पर्ने प्रस्ताव राखेका थिए ।
पार्टी अप्ठेरो स्थितिमा आएको भन्दै ओलीलाई सोच बिचार गरेर अघि बढ्न, बैठक बसाल्न अनुरोध गरेर नेपाल फर्किएका थिए ।
त्यस पछि प्रचण्ड ओलीले मंगलबार सम्म प्रतिक्षा गर्ने नभए औपारीक बैठक बसाल्ने तयारीमा जुटेका हुन् ।
यसै तयारीका लागि उनले माधव नेपालसगँ सोमबार साँझ छलफल समेत गरेका छन् ।
ओलीले पार्टी भित्र आफू अल्पमतमा परे पछि कहिले वामदेव गौतम, कहिले माधव कुमार नेपाललाई छलफल गर्दै सहकार्य गरेर बहुमत पुर्याउने प्रयास गरीरहेका छन् ।
उनले बैठक बस्दा आफू अल्पमतमा पर्ने भएकैले बैठक राख्न नमानेको अन्य नेताहरुको बुझाई छ । ओलीले आफ्नो राजीनामा मागिएको र गुटबन्दी गरिएको भन्दै सबै चुनौतीको सामना गर्ने चुनौती दिदै आएका छन् ।
आज साँझ सम्ममा ओलीले बैठक राख्ने बारे कुनै सन्देश दिन सक्ने आशा भने प्रचण्डले कायम राखेको एक नेताले दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ