संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नै लेख्न संसदीय समितिको निर्देशन

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नै लेख्न संसदीय समितिको निर्देशन

  • सोमवार, कार्तिक २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नै लेख्न संसदीय समितिको निर्देशन
कार्तिक २४ काठमाण्डौं । सरकारले हालै नेपालको नाम सँग जोडेर लेखिदै आएको संघीय लोकतान्त्रिक गणतन्त्र शब्द नराख्न गरेको निर्णय कार्यन्वयन गर्न संसदीय समितिले निर्देशन दिएको छ ।
असोज १९ गते मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो । प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुसासन समितिले आजको बैठक पछि यस्तो निर्देशन दिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक ५ गते ७ सय ५२ वटै स्थानीय तहलाई पत्राचार गरी निर्णय कार्यान्वयन गर्न गराउन अनुरोध गरेको तियो ।
समितिकी सभापति शसी श्रेष्ठले यदी नाम परिवर्तन गर्नु पर्ने भएमा संसदमा प्रस्ताव ल्याउन पनि निर्देशन दिईन् । बैठकमा सरकारको तर्फबाट जवाफ दिदै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नाममा एकरुपता दिनका लागि मात्र यस्तो निर्णय भएको दाबी गरेका थिए ।
नेकपाका दुई जना सांसदले यो निर्देशनमा असहमति जनाएका थिए । असहमति राख्नेमा नेकपाका बिजय सुव्वा र नवराज सिलवाल रहेका छन् । सरकारको निर्णयको आलोचना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ