फेरी सर्यो काँग्रेसको बैठक , अब कार्तिक २७ गते बस्ने

फेरी सर्यो काँग्रेसको बैठक , अब कार्तिक २७ गते बस्ने

  • आइतवार, कार्तिक २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौं कार्तिक २३ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक यही कात्तिक २७ गते अपराह्न १ बजे बस्ने भएको छ । यसअघि कात्तिक २४ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टी उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आफ्ना सुरक्षाकर्मीमा कोराना भाइरस संक्रमण देखिएपछि होम आइसोलेशनमा रहनुभएकाले सारिएको थियो ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले केही दिनदेखि जारी पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यको बैठक पनि सहमतिमा आज सम्पन्न भएको जानकारी दिनुभयो ।
काँग्रेस भित्र आगामी फागुणमा तोकिएको महाधिवेशन सार्ने, आन्तरीक विभाग गठनमा देखिएको विवाद समाधान गर्ने जस्ता विषयमा पछिल्लो समय शीर्ष नेताहरुबीच अनौपचारीक छलफल चल्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ