काठमाण्डौं कार्तिक २३ । चीनको वुहानमा गत डिसेम्बर २०१९ मा कोरोना देखिए देखि नै चीनले लकडाउन सहित उच्च सतर्कता, जनचेतना, अभिवृद्धि , अस्पताल निर्माण र उपचार व्यवस्थापनमा प्रभावकारी कदम चालेर समयमै कोरोना नियन्त्रण गर्न सफल भएको थियो ।
एक अर्ब ४० करोड बढी जनसंख्या रहेको चीनमा अहिले कोरोनाका सामान्य केसहरु देखिएका छन् त्यो पनि विदेशी मुलुकबाट आउनेहरुमा । अहिले चीनीया नागरिकहरुलाई चीनले उत्पादन गरेको भ्याक्सिन पनि धमाधम लगाउने काम भईरहेको छ ।
नेपालमै पनि काममा आउने या भ्रमणमा आउने चीनीयाहरु भ्याक्सिन लगाएर आउने गरेका छन् भने नेपालबाट फर्कदा उनीहरु पूर्ण सुरक्षा सहित पिपिई लगाएर जाने गरेको देखिएको छ ।
यो दृष्य काठमाण्डौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हो । जहाँ चीनीया नागरिकहरु स्वदेश फर्किनु अघि पिपिईमा देखिन्छन् ।
तर हाम्रो सानो देश जहाँ कुल जनसंख्या नै ३ करोड हाराहारी छ । त्यसमा चीनमा भन्दा झण्डै दोब्बर संख्या कोरोना संक्रमित भईसकेका छन् । नेपाल कोरोना संक्रमणको विश्वको ३४ औं स्थानमा पुगिसकेको छ । नेपालमा अहिले सम्म एक लाख ९१ हजार ६३६ जना संक्रमित छन् भने चीन ८६ औं स्थानमा छ र त्याहाँ कुल संक्रमित ८६ हजार २१२ जना मात्र संक्रमित रहेका छन् ।
चीनीया सरकार र नागरिकको यो सचेत अभ्यासबाट हाम्रो सरकार र जनताले पनि केही सिक्ने कि ? भिडियो हेर्नुहोस् ।